२०८२ असार ४, बुधवार , ०९:५८:४१ बजे

Sajhamanch
'

करण केसी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट लिने दोस्रो नेपाली खेलाडी

बुधवार, असार ४, २०८२

काठमाडौं । करण केसी नेपालको तर्फबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।

गएराति स्कटल्यान्डसँग भएको खेलमा दुई विकेट लिएसँगै उनले यो आँकडा पूरा गरेका हुन् । ३३ वर्षीय करणले ८० औं खेलमा एक सय विकेट पुरा गरे ।

यसअघि टी–२० मा एक सय भन्दा धेरै विकेट लिने नेपाली खेलाडी सन्दीप लामिछाने थिए । उनले नेपालबाट ५८ खेलमा १११ विकेट लिइसकेका छन् ।

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई २ विकेटले हरायो ।

जीतसँगै नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्डको समान २ अङ्क भएको छ । यसअघि सोमवार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

आइतवार भएको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो ।

आज स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच खेल हुँदैछ । नेपालले आफ्नो तेस्रो खेल भोलि नेदरल्यान्ड्ससँग र चौथो तथा अन्तिम खेल पर्सि शुक्रवार घरेलु टोलीसँग खेल्नेछ ।

तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अङ्क हुने टोली शृङ्खलाको विजेता बन्नेछ ।