२०८२ असार ३, मङ्गलवार , ०४:०१:५१ बजे

Sajhamanch
'

शेयर बजार ३.९० अङ्कले घट्यो, कारोबार रकम ७ अर्ब ६५ करोडमा सीमित

मङ्गलवार, असार ३, २०८२

काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ९० अङ्कले घटेर २ हजार ६५४ दशमलव ७५ विन्दुमा झरेको छ ।

आज जलविद्युत्, लघुवित्त र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर डेढ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज गार्जियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर साढे ४ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन प्योर इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज ३०६ वटा कम्पनीका १ करोड ६४ लाख कित्ता शेयर ७ अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर