२०८२ असार १, आइतवार , ०४:११:०१ बजे

Sajhamanch
'

शेयर बजार खासै घटबढ भएन, ११ अर्ब ४४ करोड रुपैयाँको कारोबार

आइतवार, असार १, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ४७ अङ्कले बढेर २ हजार ६५५ दशमलव ८५ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, जलविद्युत्, उत्पादन, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज उत्पादन समूहको शेयर झन्डै डेढ प्रतिशतले उकालो लागेको छ ।

आज ग्रीन विकास बैंक, प्योर इनर्जी, छ्याङ्दी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार खासै घटबढ नभएको दिन नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर भने सबैभन्दा धेरै ४ दशमलव ४३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम घटेको छ । गएको बिहीवार १२ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३०८ वटा कम्पनीका २ करोड ५३ लाख कित्ता शेयर ११ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर