२०८२ असार २८, शनिवार , ०५:०२:१६ बजे

Sajhamanch
'

बिर्तामोडको विकासका लागि सहयोग गर्ने चिनियाँ राजदुत सोङ्गको प्रतिवद्धता

शुक्रवार, जेठ ३०, २०८२

झापा । नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्गलाई बिर्तामोड नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले राजदुत सोङ्गलाई कार्यालयमा स्वागत सम्मान गरीन। भेटघाट कार्यक्रममा नगर प्रमुख प्रसाईले बिर्तामोडको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भएको प्रगति र हालको अवस्थाको बारेमा जानकारी गराईन्।

कार्यक्रममा बोल्दै राजदुत सोङ्गले बिर्तामोडको विकासका लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताए। चिनियाँ दुतावासबाट प्राप्त योजनाहरुको उद्घाटन तथा विद्यार्थीहरुलाई शैच्छिक सामाग्री र छात्रवृति वितरणका लागि राजदुत सोङ्ग केहि दिन अघि झापा आएका थिए।

राजदुत सोङ्गले यस अघि चिनियाँ राजदुतावासको सहयोगमा निर्मित बिर्तामोड ८ स्थित शुक्रराज आधारभूत विद्यालयको २ तले भवनको उद्घाटन, बिर्तामोड ९ मा रहेको देवकोटा आधारभूत विद्यालयका लागि नयाँ भवनको शिलान्यास गरेका छन् ।

यस्तै उनले वडा नम्बर ९ मा रहेको दुर्गा माध्यमिक विद्यालयका ४०० जना विद्यार्थीलाई स्टेशनरीसहित व्याग वितरण गर्नुका साथै दुर्गा मा.वि, शुक्रराज आ.वि. र देवकोटा आ.वि.का १०र१० जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँको दरले छात्रवृति प्रदान गरेका थिए।

बिर्तामोड नगरपालिकाको कार्यालयमा आयोजित स्वागत सम्मान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडाअध्यक्ष, कार्यपालिका सदस्य, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी, राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, नेकपा (एमाले) क्षेत्र नम्बर २ का संयोजक बद्री भट्टराई, नेकपा एमाले बिर्तामोड नगर कमिटी इन्चार्ज अमिर लिङदेन, अध्यक्ष सुवास भट्टराई लगायत एमाले नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर