२०८२ जेठ ३०, शुक्रवार , ०३:४९:१८ बजे

Sajhamanch
'

दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार पठाइयो

शुक्रवार, जेठ ३०, २०८२

काठमाडौं । गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका ७ जना प्रतिवादीलाई डिल्लीबजार कारागार पठाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले उनीहरू सबैलाई शुक्रबार डिल्लीबजार कारागार पठाइएको जानकारी दिए ।

एसएसपी अधिकारीका अनुसार प्रसाईंसहित कुमार तामाङ, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल र केशव बस्नेतलाई डिल्लीबजार कारागार पठाइएको हो ।

बिहीबार राति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहितका ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

सम्बन्धित खबर