२०८२ जेठ ३०, शुक्रवार , १२:०१:०० बजे

Sajhamanch
'

नेपाल र चीनबिचको मित्रता नयाँ युगमा प्रवेश : परराष्ट्रमन्त्री राणा

शुक्रवार, जेठ ३०, २०८२

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र चीन बिचको परम्परागत मित्रता नयाँ युगमा प्रवेश गरिरहेको बताएकी छिन् ।

परराष्ट्र मन्त्रालयको आयोजनामा ‘प्रोफेसर यादुनाथ खनाल लेक्चरल सिरिज’ कार्यक्रमको समापन गर्दै मन्त्री आरजुले आगामी दिनमा पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल र चीनबिचको सम्बन्धलाई अझ सुदृढ बनाइने प्रतिबद्धता जनाइन् ।

नेपाल–चीन सम्बन्धको विकासशील यात्रालाई स्मरण गर्दै उनले प्राध्यापक यादुनाथ खनालको स्वतन्त्र, सन्तुलित र यथार्थपरक कूटनीतिक दृष्टिकोणमा आधारित रहेको बताइन् ।

सो अवसरमा परराष्ट्र मन्त्रालयले “दक्षिण एसियाको सन्दर्भमा नेपाल–चीन सम्बन्धः अवसर, चुनौती र आगामी बाटो“ शीर्षकमा कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा परराष्ट्र विज्ञ एवं प्राध्यापक जयराज आचार्य र चीनको चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडीजका निर्देशक डा. याङ छेनसीले प्रमुख वक्ताका रूपमा आ–आफ्ना विचार प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर