२०८२ जेठ ३०, शुक्रवार , ०३:०३:५९ बजे

Sajhamanch
'

साफ २० वर्षमुनिको वुमन्स च्याम्पियसिप : नेपालसहित चार टोलीले मात्र खेल्ने

शुक्रवार, जेठ ३०, २०८२

काठमाडौं । बङ्गलादेशमा अर्को महिना हुने साफ २० वर्षमुनिको वुमन्स च्याम्पियसिपमा नेपालसहित चार टोलीले मात्र सहभागिता जनाउने भएका छन् । जुलाईको ११ देखि २१ सम्म हुने प्रतियोगितामा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र भुटान रहेका छन् ।

सहभागी टोलीले एक अर्कासँग डबल राउन्ड रोबिनको आधारमा दुई पल्ट खेल्नेछ । लिग चरणको खेलमा शीर्ष स्थानमा रहने टोली नै च्याम्पियन घोषणा हुनेछ । दक्षिण एशियाली खेलकुद महासङ्घले हिजो जारी गरेको ‘ड्र’ अनुसार जुलाई ११ को आफ्नो पहिलो खेलमा नेपालले भुटानसँग खेल्नेछ ।

 

सम्बन्धित खबर