२०८२ जेठ २९, बिहिवार , ०३:४१:३१ बजे

Sajhamanch
'

फिफा महिला वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

बिहिवार, जेठ २९, २०८२

काठमाडौं । फिफा वरीयतामा नेपाली महिला फुटबल टोली एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान तल झरेर १००औं स्थानमा पुगेको छ । यसअघि नेपाल ९९औं स्थानमा थियो ।

नेपालले पछिल्लो पटक थाइल्यान्डसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेलेकोमा दुई वटैमा हार बेहोरको थियो ।

फिफा महिला वरीयतामा अमेरिका शीर्ष, स्पेन दोस्रो र जर्मनी तेस्रो स्थानमा यथावत् छन् । यस्तै ब्राजिल चार स्थान सुधार गरेर चौथौ स्थानमा आइपुग्दा इङ्ग्ल्यान्ड एक स्थान तल झरेर पाँचौं स्थानमा पुगेको छ ।

फिफा पुरुष वरीयतामा नेपाल १७५औं स्थानमा छ ।

सम्बन्धित खबर