२०८२ जेठ २९, बिहिवार , ०२:०९:३३ बजे

Sajhamanch
'

दुम्कीबासको डाइभर्सन बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बिहिवार, जेठ २९, २०८२

दुम्किबास । नवलपरासी पूर्वको दुम्किबासमा बाढीले ‘डाइभर्सन’ बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान आएको बाढीले विनयी खोलामा बनाइएको डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी सिमेन्ट उद्योगको गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ ।

गत पुसमा भारततर्फबाट आउने ओभरलोड गाडी गुड्दा अधिक भारका कारण पुल भाँचिएको थियो । पुल भत्किने जोखिम बढेपछि अधिक भारवहन भएका गाडी डाईभर्सनबाट गुड्ने गरेका थिए ।

यसैबीच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ बनाइएको पुल असार दोस्रो सातादेखि सञ्चालन गर्ने योजना छ ।

सम्बन्धित खबर