
काठमाडौं । एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा घरेलु टोली लाओससँग खेलेर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।
न्यु लाओस नेसनल स्टेडियममा अस्ति मङ्गलवार भएको खेलमा नेपाललाई लाओसले २–१ गोलले हराएको थियो । यो हारसँगै नेपाली टोली गएराति स्वदेश फर्किएको हो ।
नेपाल लाओससँगको अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक पराजित भएको हो । यो हारले नेपाल तेस्रो चरणको छनोटको समूह ’एफ’ मा २ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ । नेपाल आफ्नो पहिलो खेलमा मलेशियासँग पनि हारेको थियो । यो समूहमा नेपाल, लाओस, मलेशिया र भियतनाम छन् ।