२०८२ जेठ ३०, शुक्रवार , ०१:४९:२८ बजे

Sajhamanch
'

चार पालिकाका बासिन्दालाई विपद् न्यूनीकरण सम्बन्धी पूर्वाभ्यास

बिहिवार, जेठ २९, २०८२

झापा । अरिदमन गण चारआली व्यारेकले “अभ्यास मनसुन ५” अन्तरगत झापाका चारवटा पालिकाका करिव एक हजार जनालाई विपद् न्यूनीकरण सम्बन्धी जनचेतनासहित पूर्वाभ्यास गराएको छ ।

विपदबाट बढी प्रभावित हुँदै आएका दक्षिणी झापाको कचनकवल, हल्दिबारी, बाह्रदशी र झापा गाउँपालिकाका बासिन्दाहरुलाई लक्षित गरी स्थलगत रुपमै गणले विपद् सम्बन्धी अभ्यास गराएको जनाइएको छ ।

विपदको समयमा स्थानीय स्तरमा प्राप्त हुने सामग्री र स्रोत साधनहरुको प्रयोग गर्ने तरिका, सर्पदंश तथा स्वास्थ्य सम्बन्धी जनचेतनासहित अभ्यास गराइएको अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले बताए ।

जेठ २३ गते कचनकवल गाउँपालिकाको वडा नं. ५ पाठामारी, २५ गते हल्दिबारी गाउँपालिका २ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालय, २७ गते बाह्रदशी गाउँपालिका ३ स्थित राजगढ सामुदायिक भवन र जेठ २८ गते झापा गाउँपालिका वडा नं १ को झापा बजारमा सो कार्यक्रम सञ्चालन गरिएको गणपति बस्न्यातले जानकारी दिए ।

स्थलगत तालिम अभ्यास दौरान गणका गणपतिसहित ३५ जना विपद् सम्बन्धी दक्ष जनशक्तिले अभ्यास गराएका थिए । अभ्यासबाट चार पालिकाका ९०० जना स्थानीय बासिन्दा लाभान्वित भएको जनाइएको छ ।

सम्बन्धित खबर