
काठमाडौं । लगातार दुई दिन दोहोरो अङ्कले बढेको शेयर बजार आज दोहोरो अङ्कले नै घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ६९ अङ्कले घटेको हो । नेप्से परिसूचक दुई हजार ६६४ दशमलव ४७ बिन्दु कायम भएको छ ।
आज कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ । हिजो १० अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज नौ अर्ब ९० करोडभन्दा धेरैको कारोबार भयो । आज कारोबार भएका ७७ कम्पनीको मूल्य बढ्दा १७० वटाको घट्यो ।
आज हाइड्रोपावरबाहेक बैंकिङ, फाइनान्स, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, व्यापार र अन्य समूह घटेका छन् । हाइड्रोपावर एक दशमलव १३ प्रतिशतले बढेको छ ।