
काठमाडौं । प्रतिनिधिसभा बैठक सरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक सवा तीन बजेसम्मका लागि स्थगित भएको सभामुखको सचिवालयले सूचना टाँस गरेर जानकारी दिएको ।
भिजिट भिसा प्रकरणमा सत्ता र प्रतिपक्षी दलहरूबीच सहमति नजुट्दा संसद् चल्न सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्नुपर्ने लगायतका पाँच बुँदे प्रस्ताव रास्वपाले राख्दै आएको छ ।
यसलाई सत्तापक्षले स्वीकार नगर्दा संसदको गतिरोध अन्त्य हुन सकेको छैन । सरकारका प्रवक्ता समेत रहेका नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रतिपक्षी दलसँग छलफल भइरहेको बताएका छन् ।
आज वा भोलिसम्म संसद् चल्ने उनले बताएका छन् ।