२०८२ जेठ २९, बिहिवार , ०१:४३:२९ बजे

Sajhamanch
'

प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

बुधवार, जेठ २८, २०८२

काठमाडौ । नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी) भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय रेवती ओझा छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काडमाडौंको टोलीले पक्राउ गरेको हो ।

हिरासतमा रहेका मानिसको मुद्दा मिलाइदिने भन्दै उनीहरूले ६ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले बताए ।

पक्राउ परेकामध्ये ज्ञानु २० फागुन २०७० मा हातहतियार तथा खरखजना मुद्दामा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति रहेको प्रहरीले बताएको छ ।

यसअघि १६ वैशाख २०७० मा परिसर काठमाडौंबाटै सार्वजनिक अपराधमा र ५ कात्तिक २०६७ मा जुवासम्बन्धी कसुरमा पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर