
काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियनशिप फाइनल आजदेखि शुरू हुँदैछ । पूर्वविजेता अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको फाइनल खेल बेलायतको लर्ड्स क्रिकेट दिउँसो सवा ३ बजेपछि शुरू हुनेछ ।
तेस्रो संस्करणको फाइनलका लागि दुवै टोलीले प्लेइङ–११ सार्वजनिक गरिसकेका छन् । दक्षिण अफ्रिका ६९ दशमलव ४४ प्रतिशत र अस्ट्रेलिया ६७ दशमलव ५४ अङ्कका साथ फाइनलमा पुगेका हुन् ।
यो संस्करणको विजेताले ३ दशमलव ६ मिलियन अमेरिकी डलर र उपविजेताले २ दशमलव १६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने छ ।
सन् २०१९ देखि शुरू भएको विश्व टेस्ट च्याम्पियनशिपको पहिलो संस्करण न्युजिल्यान्डले जितेको थियो । यस्तै दोस्रो संस्करण अस्ट्रेलियाले जितेको थियो । यी दुवै संस्करणमा भारत उपविजेता भएको थियो ।