
काठमाडौं । ब्राजिल फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट भएको छ । घरेलु मैदान साओ पाउलोमा भएको खेलमा ब्राजिलले पाराग्वेलाई १–० गोलले हरायो ।
ब्राजिलको जीतमा भिनिसियस जुनियरले खेलको ४४औं मिनेटमा गोल गरे । योसँगै ब्राजिल सबै संस्करणको फिफा विश्वकपमा छनोट हुने एकमात्र टोली बनेको छ ।
यस्तै इक्वेडर पनि विश्वकपमा छनोट भएको छ । आज पेरुसँग गोलरहित बराबरी खेल्दै इक्वेडर छनोट भएको हो । यस्तै दक्षिण अम्रिकाबाट अर्जेन्टिना यसअघि नै छनोट भइसकेको छ ।