२०८२ जेठ २९, बिहिवार , ०२:१६:०७ बजे

Sajhamanch
'

हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लागेर कचनकवलमा एकजनाको मृत्यु

बुधवार, जेठ २८, २०८२

झापा । हात्ती छेक्न लगाइएको बिजुलीको तारबाट करेन्ट लागेर झापाको कचनकवलमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ स्थित बैगुनवारि निवासी ६५ वर्षीय किर्खनाथ खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बुधवार बिहान साढे ८ बजेको समयमा खनाल घर नजिकैको आफ्नै बारीमा बाख्रा चराउन गएका थिए ।

अन्नबाली हात्तीले क्षति नगरोस् भनी उनले आफ्नै बारीमा लगाएको तारबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको थियो । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ भने कानुनी प्रक्रिया पूरा शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर