२०८२ जेठ २९, बिहिवार , ०४:५२:१५ बजे

Sajhamanch
'

पहाडी तथा हिमाली भागका केही ठाउँमा वर्षाको सम्भावना

बुधवार, जेठ २८, २०८२

काठमाण्डौ । अत्यधिक गर्मी बढेको पश्चिम तराईसहित काठमाण्डौ उपत्यकामा पानी परेसँगै केही शीतल भएको छ । तर पूर्वी तराईमा भने अझै वर्षा नहुँदा गर्मी अत्यधिक रहेको छ ।पछिल्लो १२ घण्टाको अवधिमा दाङको पदमपुरमा ५२ मिलिमिटरभन्दा धेरै पानी परेको छ । पछिल्लो १२ घण्टामा गण्डकी प्रदेशको धेरैजसो पहाडी क्षेत्र र लुम्बिनीका धेरैजसो ठाउँमा पानी परेको छ । यस्तै काठमाण्डौ उपत्यका तथा आसपास र पूर्वी पहाडका सोलुखुम्बु, खोटाङलगायत केही ठाउँमा पनि पानी परेको छ ।

यसैबीच देशभर आंशिक तथा सामान्य बदली रही पहाडी तथा हिमाली भागका केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आफ्नो बिहानी बुलेटिनमा उल्लेख गरेको छ ।

कोशी प्रदेशका धेरैजसो ठाउँमा फैलिसकेको मनसुन शिथिल भएर अघि नबढ्दा देशभर गर्मी बढेकोमा अर्को सामान्य प्रणालीका कारण केही ठाउँमा पानी परेको हो ।

बङ्गालको खाडीमा नयाँ न्यून चापीय क्षेत्र बन्ने क्रममा रहेकोले भोलिदेखि मनसुन सक्रिय हुन थालेर पर्सि शुक्रवारदेखि पानी पर्न थाल्ने र आइतवारदेखि वर्षाको सम्भावना धेरै रहेको मौसमविद्ले बताएका छन् । आइतवारदेखि पहाडी क्षेत्रमा रोपाइँ गर्न मिल्नेगरी वर्षा हुने मौसमविद्को अनुमान छ

सम्बन्धित खबर