२०८२ असार २८, शनिवार , ०५:३६:५२ बजे

Sajhamanch
'

शिवसताक्षी ३ मा पूर्वाधारदेखि सामाजिक विकाससम्म उपलब्धिमुलक

बुधवार, जेठ २८, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ मा चालु आर्थिक वर्षहरु गरिएका कामहरु सम्पन्नताको चरणमा पुगेका छन् । नगरपालिकाबाट विनियोजित ६० लाख रुपैयाँको सिलिङ बजेटमा पूर्वाधार विकास लगायत सामाजिक विकास र शुसासन कायम गर्नका लागि विभिन्न कामहरु गरिएका हुन् ।

सडकको भौतिक निर्माण, कल्भर्ड, तटबन्धन लगायतका कामहरु भएका वडाध्यक्ष भाष्कर न्यौपानलेले जानकारी दिए । वडामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट विनियोजन रकमबाट थुप्रै कामहरु भएको वडाध्यक्ष भाष्कर न्यौपानेको भनाई छ ।

वडा गौरवको आयोजना अन्तर्गत ५० लाख रुपैयाँको लागतमा पाराबारी बजारदेखि ज्येष्ठ नागरिक भवनसम्मको ७५० मिटर सडक कालोपत्रे गरिएको छ । अलिनु लिम्बूको घर पूर्व धनबहादुर रसाइलीको घरसम्म जाने बाटो मर्मत गरिएको छ भने उदय देवानको घर जाने बाटो निर्माण, कल्याण न्यौपानेको घरदेखि दक्षिण रिङरोडसम्म जानेबाटो ग्राभेल, गीता श्रेष्ठको घर हुँदै दिपक श्रेष्ठको घर जाने बाटासहित एक दर्जन हाराहारी बाटोे ग्राभेल गरिएको वडा कार्यालयले जनाएको छ ।

ट्रंक रोड अन्तर्गत ३ किलोमिटर सडक आगामी आर्थिक वर्षमा कालोपत्रे गर्ने योजना रहेको वडा कार्यालयले जनाएको छ । पाराबारी बजारमा नगर स्तरीय योजनाबाट इन्टरलक ब्लक लगाइएको छ । साताको एक पटक लाग्ने बजारमा व्यापारीहरुलाई सहज होस् भन्ने उद्देश्यले इन्टरलक ब्लक लगाइको वडा कार्यालयले जनाएको छ । वडाले उक्त बजारमा रहेको ढलको ढकनसमेत निर्माण गरेको छ ।

वर्षेनी खोला कटानको मारमा परेका नागरिकलाई मध्यजनर गर्दै चालु वर्षमा संघीय सरकारको ५ करोड ५० लाख विनियोजित बजेटमध्ये पहिलो चरणमा १७५ मिटर तटबन्धन निर्माण सुरु भएको छ । जसमा १ करोड ६० लाख रुपैयाँमा १७५ मिटर तटबन्धनको काम सम्पन्न भएको छ । कुल ५०० मिटर तटबन्धन निर्माण हुने वडाध्यक्ष न्यौपानेको भनाई छ ।

त्यस्तै पाराबरी बजार पूर्व डाँडामारी खेलामा २५ लाख, भानु मावि पश्चिम लेलिया खोलामा २० लाखको लागतमा तटबन्धन निर्माण गरिएको छ ।

वडामा ३ वटा सामुदायिक विद्यालयहरु छन् । ती मध्ये भानु माध्यमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालय भवन निर्माण गरिएको छ । भानु माविबाट एसईई परीक्षा तयारीका लागि वडाले अतिरिक्त कक्षा सञ्चालन गरेको वडाध्यक्षको न्यौपानेको भनाई छ । जसमा ३६ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । त्यस्तै वडाभित्र पाथीभरा प्रावि, शान्ति आधारभूत विद्यालयमा पनि शैक्षिक सुधारका लागि वडाले बजेट विनियोजन गरी विभिन्न कामहरु सञ्चालन गरेको छ ।

वडाध्यक्ष न्यौपानेले आगामी वर्षमा पाराबारीलाई एउटा छुट्टै पहिचान गराउने एउटा स्तम्भ निर्माण गर्ने योजना रहेको बताए । पाराबारी एउटा पुरानो क्षेत्र हो, यसको पहिचानको झल्कने गरीको स्तम्भ निर्माण गछौं र त्यही स्तम्भले पाराबारीलाई चिनाउने छ ।
उनले भने, हामीले यहाँका भाषा, संस्कृति, साहित्य र विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको जर्गेना गर्न लागि परेका छौं । जसमा लोपोन्मुख सन्थाल जातिको भेषभुषा, याक्थुम चुम्लुङ, किरात राई यायोख्याको कार्यक्रम, सेनाम ल्होसारजस्ता विभिन्न सांस्कृतिक पर्वहरुमा पनि कार्यक्रममा वडाले सहजीकरण गर्दै आएको वडाध्यक्ष न्यौपानेको भनाई छ ।

महिलाहरुको जीवनस्तर माथि उठाउन नौमतिबाजा तालिम र अन्य सीपमुलक तालिमहरु पनि सञ्चालन गरिएका छन् । दलित क्षमता विकास कार्यक्रम अन्तर्गत ५ जनालाई ड्राइभिङ तालिम दिई लाइसेन्ससहित उनीहरुलाई काम गर्न अब्बल बनाउने काम गरिएको जनाइएको छ ।

वडाले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि विभिन्न समय पौष्टिक आहार वितरण गर्दै आएको छ । त्यस्तै सुत्केरी महिला कार्यक्रम अन्तर्गत वडामा भएका सुत्केरी महिलाहरुलाई १ केजी घिऊ, ओट्स, अनार, जुस, हर्लिक्स जस्ता पौष्टिक खाद्य पदार्थ वडाले वितरण गरेको छ ।

वडाले नागरिकको मृत्यु भएका मृतकका परिवारलाई राहत उपलब्ध गराउँदै आएको छ । चालु वर्षको बैशाख महिनासम्ममा वडाका ३६ जना नागरिकको मृत्यु भएको छ । जसमा मृत्यु संस्कार कार्यक्रम अन्तर्गत प्रति परिवार ५ हजार रुपैयाँका दरले वडाले सहयोग प्रदान गर्दै आएको वडासचिव विनिसा बाँस्कोटाले जानकारी दिइन् ।

धरमपुर खानेपानीको पाइपलाइन विस्तार गरिएको र शुद्ध पिउने पानीको प्रबन्ध मिलाउँदै खानेपानीलाई नागरिकको पहुँच पुर्याउने उद्देश्यले पाइपलाइन विस्तार गरिएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । जसबाट वडाका २०० घरधुरी लाभान्वित हुने छन् ।

वडामा रहेका किसानहरुलाई उन्नत जातका विऊ विजनको आभाव रहेको वडाध्यक्ष भाष्कर न्यौपानेले जानकारी दिए । वडाका अधिकांश मानिसहरुका कृषि पेशामा आवद्ध रहेका छन् । तर सरकारले उनीहरुको माटोको परीक्षण गरेर त्यसमा हुने खालको विऊ विजन उपलब्ध नगराउँदा यहाँका कृषकहरु मारमा परेका छन् ।

कृषकले उत्पादन गरेका कृषि बस्तुहरुको बजारीकरणको अभाव रहेको अध्यक्ष न्यौपानेको भनाई छ । आगामी वर्षहरुमा कृषकले उत्पादन गरेका अनाज, सागसब्जी तथा फलफूलको बजारीकरणमा नगरपालिकासँग समन्वय गरिने उनको भनाई छ ।

सम्बन्धित खबर