२०८२ जेठ २८, बुधवार , ०९:५८:०७ बजे

Sajhamanch
'

बिउवा संघ : मुक्तिचोक–शनिश्चरे रोड उपसमिति गठन

मङ्गलवार, जेठ २७, २०८२

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले उपसमिति गठनलाई तीब्रता दिएको छ ।

वाणिज्य संघको मातहतमा रहेर काम गर्ने गरी बिर्तामोडस्थित हिकोला रोड र प्रसाई मार्केटमा उपसमिति गठन गरेको संघले आज मुक्तिचोक–शनिश्चरे रोडमा अर्को उपसमिति गठन गरेको हो।

संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच गौरीशंकर गुप्ता ‘टिङ्कु’को संयोजकत्वमा ३१ सदस्यीय उपसमिति गठन गरेको हो । समितिको सहसंयोजकमा प्रमोद राजवंशी, सचिव केशव मैनाली र कोषाध्यक्षमा सिजर राजभण्डारी रहेका छन् ।

सदस्यहरुमा संजय अग्रवाल, तोयानाथ खतिवडा, रेगन शाक्य, तुलशा श्रेष्ठ, निलु राजभण्डारी, दिपक गुरागाई, दिपेश उदाश, यदु तिम्सिना, जीवन रिजाल, दिपक अग्रवाल रहेका छन् ।

त्यस्तै समितिको सदस्यमा अनुराग गोश्वामी, सिर्जना अग्रवाल, अंकित केडिया, मोहित अग्रवाल, अप्सरा खड्का, टोनी जिन्दल, प्रविन शाक्य, मनोज अग्रवाल, प्रेम श्रेष्ठ, आकाश गोयल, त्रिलोकचन्द सिंची, सपना मगर, सुमित बेगानी, रविना कर्ण रहेका छन् ।

यसैबीच संघले सो उपसमितिलाई फोहोर व्यवस्थापनका लागि १० थान डस्विन प्रदान गरेको छ । संघका अध्यक्ष न्यौपानेले उप समिति संयोजक टिङ्कुलाई डस्विन प्रदान गरेका थिए ।

सम्बन्धित खबर