२०८२ जेठ २७, मङ्गलवार , ०५:३५:०९ बजे

Sajhamanch
'

गुल्सन र सोमपालले टी–२० शृङ्खला पनि गुमाउने

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर गुल्सन झा र सोमपाल कामीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला पनि गुमाउने भएका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा भइरहेको त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्ससँगको खेलअघिको अभ्यासका क्रममा घाइते भएका गुल्सन र सोमपालले टी–२० शृङ्खला पनि गुमाउने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

लिग–२ को आफ्नो चौथो चरणको शृङ्खलामा नेपालले आज चौथो तथा अन्तिम खेलमा नेदरल्यान्ड्ससँग खेलिरहेको हो । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो ।

दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो । तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो ।

लिग–२ सकिएपछि नेपाल, घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच टी–२० शृङ्खला शुरू हुनेछ ।

सम्बन्धित खबर