
काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा छन् ।
उनीहरुलाई दुवै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीरुलाई नरेफाँटबाट २५ जेठमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।
उनीहरुले युके पठाउने भन्दै ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।
पक्राउ परकोहरुलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।