२०८२ जेठ २७, मङ्गलवार , ११:०४:२८ बजे

Sajhamanch
'

एशियन कप छनोट : समूह एफको दोश्रो खेलमा नेपालले आज लाओससँग खेल्दै

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं । एएफसी एशियन कप सन् २०२७ को छनोटअन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले आज लाओससँग खेल्दैछ । खेल न्यू लाओस नेसनल मैदानमा नेपाली समय अनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ ।

यो समूहमा नेपालसहित लाओस र भियतनाम रहेका छन् । यसअघि समूह एफको पहिलो खेलमा नेपाल मलेसियासँग उसैको मैदानमा दुई गोलले पराजित भएको थियो ।

यो नेपालको घरेलु मैदानमा हुनुपर्ने खेल थियो तर दशरथ रङ्गशाला खेल्न लायक नभएपछि मलेसियामा खेल्नुपरेको हो । लाओससँग खेल्नुअघि नेपाली टोलीले हङकङसँग मैत्रीपूर्ण खेल खेल्यो । नेपाल र हङकङले गोलरहित बराबरी खेलेका थिए ।

सम्बन्धित खबर