
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्य एवम् पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता समेत रहेका सोडारीलाई प्रदेशसभाको हिजो बसेको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निलम्बन गरिएको व्यहोरा जानकारी गराएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार सोडारी उपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी प्राप्त भएकाले प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको सभामुख भण्डारीले बताए। सोडारी निलम्बनमा परेसँगै प्रदेशसभामा अब एकीकृत समाजवादी पार्टीबाट तीन जना प्रदेशसभा सदस्य रहेका छन् ।