
बिर्तामोड । उज्यालो परिवर्तन समाज नेपालले बिर्तामोड वडा नं. ५ सँग वित्तीय साझेदारीमा तीन दिवसीय उद्घोषण तथा माइन्युट लेखन तालिम सञ्चालन गरेको छ ।
वडाध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यमा आइतबार आयोजित तालिम समुद्घाटन कार्यक्रम ब्यानर वाचन गरेर गरिएको हो । मंगलबारसम्म सञ्चालन गरिने तालिमको सहजीकरण साझामञ्चका सम्पादक गोपाल काफ्लेले गरिरहेका छन् ।
आयोजक संस्थाका अध्यक्ष मन्दिरा गौतमको अध्यक्षतामा सुरु गरिएको तालिममा उद्घाटन मन्तब्य राख्दै वडाध्यक्ष प्रसाईंले मानिसहरुको समूह अघिल्तिर माइक्रोफोन समाएर बोल्नु पर्दा पछाडि हट्ने आफू वडाध्यक्षको उम्मेदवार बनेर पहिलो भाषण गर्न नसक्दा लज्जित हुनुपरेको संस्मरण सुनाए ।
छोटो अवधिको भए पनि तालिमबाट उद्घोषणका लागि आवश्यक तौर तरिका सिक्ने अवसर प्रदान होस् र वडामा तपाईंहरुले तिरेको करको सही सदुपयोग होस् भन्ने चाहनाले नै यो कार्यक्रम सुरु भएको हुँदा सहभागीलाई सक्रियतापूर्वक सीप सिक्न उनले सुझाव दिए ।
गृहिणी महिलाहरुको बाहुल्यता रहेको तथा ३५ जनाको सहभागिता रहेको तालिममा आइतबार र सोमबार उद्घोषणसँग सम्बन्धित विषयमा सहजीकरण गरिएको र मंगलबार माइन्युट लेखनको कक्षा सञ्चालन गरिने सहजकर्ता काफ्लेले जानकारी दिए ।
उज्यालो परिवर्तन समाज नेपालका सचिव टिकाराम उप्रेतीले सञ्चालन गरेको तीन दिवसीय तालिम उद्घाटन कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई सदस्य उर्मिला चुडाल चापागाईंले शाब्दिक स्वागत गरेकी थिइन् ।