२०८२ जेठ २६, सोमवार , ०४:३१:१८ बजे

Sajhamanch
'

स्थानीय तहको सङ्ख्या ५०० बनाउन छलफल सुरू भएको छ : योगेश भट्टराई

सोमवार, जेठ २६, २०८२

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तह, प्रदेशलाई बढी भन्दा बढी साधन स्रोत दिएर सङ्घीयतालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित सङ्घीयतामा बजेट सम्बन्धी कार्यक्रममा बोल्दै उनले अहिले पनि केन्द्रीकृत मानसिकता हाबी भइरहेको र त्यसलाई सङ्घीयता प्रभावकारी रूपमा कार्यान्वयन गरेर हटाउँदै जानुपर्ने बताएका हुन् ।

स्थानीय तह, प्रदेशलाई साधन स्रोत सम्पन्न गरेर बजेट कार्यान्वयन गर्ने क्षमता बलियो बनाउनुपर्नेमा उनले जोड दिए । स्थानीय तह घटाएर वडा बढाउने विषयमा छलफल भइरहेको बताउँदै सङ्घीयतालाई प्रभावकारी बनाइँदै लगिने उनको भनाइ छ ।

उनले अनौपचारिक हिसाबले ५०० स्थानीय तहको सङ्ख्या बनाउनेबारे छलफल चलिरहेको उल्लेख गर्दै यसबारे पार्टी भित्र छलफल गरेर निष्कर्षमा पुगिने बताए ।

उनले मुलुकमा विकासको विस्तार भएको बताउँदै गुणस्तर र प्रतिफलमुखी बनाउनसके मुलुकको अर्थतन्त्र बलियो हुने उल्लेख गरे ।

आर्थिक, प्रशासनिक, राजनीति रूपमा सङ्घीयता जोडिएको बताउँदै एमाले सचिव भट्टराईले आर्थिक, राजनीति रूपमा सङ्घीयता कार्यान्वयनमा गएको भएपनि प्रशासनिक हस्तान्तरणमा अझै पुग्न नसकिएको उनको भनाई छ ।

सम्बन्धित खबर