
नवलपरासी । गिरुवारी खोला र अरुणखोला पुलमा ४० टनभन्दा बढी भारवहन क्षमता भएका गाडी चलाउन रोक लगाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पुलहरू जीर्ण बनेको र नयाँ पुल निर्माणाधीन भएकाले सुरक्षाको हिसाबले यस्तो गरिएको जनाएको छ ।
पुलमा हाललाई ठूला मालबाहक गाडीहरू ट्रक र टिप्परहरूलाई एक पटकमा एकतर्फी मात्र सञ्चालन गर्न दिइने सूचनामा उल्लेख छ । केही दिनअघि चोरमारा गिरुवारी खोला पुल भासिएको थियो ।
अहिले सञ्चालनमा रहेका गिरुवारी र अरुणखोला पुलहरूको अवस्था कमजोर भएकाले सडक डिभिजन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ । सुरक्षा जोखिमका कारण प्रहरीले अहिले २४ घण्टा निगरानी तथा सुरक्षा व्यवस्था मिलाएको छ ।