
काठमाडौं । क्राान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको विगत १० दिनदेखि त्रिवि शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ ।
गत जेठ १५ गतेदेखि उनको आईसीयूमा उपचार भइरहेको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार, पुरानो दमको कारण स्वास्थ्यमा समस्या देखिएपछि उनी जेठ १५ गतेदेखि अस्पताल भर्ना भएका हुन् ।
अक्सिजनको लेभल बेला–बेला तलमाथि हुने गरेकाले उनलाई आईसीयूमै राखेर उपचार गरिरहेको चिकित्सकको भनाई छ ।
‘स्वास्थ्य धेरै नै बिग्रिएको छ । छातिमा भएको संक्रमण घटेको छैन,’ स्रोतले भन्यो, ‘उहाँको पुरानो दमले पटकपटक समस्या दिइरहेको छ । यसपटक भने अल्लि सिरियस नै छ ।’
७८ वर्षीय वैद्य श्वासप्रश्वासको समस्याले गत पुसमा एक महिना त्रिवि शिक्षण राखेर उपचार गरिएको थियो ।