
भद्रपुर । भद्रपुर ९ स्थित जीवनज्योति आधारभूत विद्यालयको खेल मैदानमा मोर्डन च्यालेञ्ज कप फुटबल प्रतियोगिता सुरू गरिएको छ ।
भद्रपुर ६ स्थित मोर्डन अंगे्रजी माविको आयोजना तथा ब्रदर्श युनाइटेड क्लब भद्रपुर ९ को व्यवस्थापन र प्राविधिक सहयोगमा जेठ २५ गतेसम्म फुटबल प्रतियोगिता सुरू भएको हो ।
भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहालले उद्घाटन गरेको प्रतियोगितामा भद्रपुरका १७ वटा संस्थागत विद्यालयका आधारभूत तहका विद्यार्थीले प्रतिष्पर्धा गरिरहेका छन् ।
मोर्डन अंगे्रजी माविका प्रिन्सिपल विकेन्द्र श्रेष्ठको अध्यक्षता तथा भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा प्याब्सन भद्रपुरका अध्यक्ष भक्तबहादुर कार्की, जिल्ला सदस्य अनुप रोय, वडा सदस्य मञ्जु पोखरेल, मञ्जु राउत, प्रमिला पाँचकोटी लगायतको सहभागिता रहेको ब्रदर्श युनाइटेड क्लबका अध्यक्ष रविन सुब्बा फागोले जानकारी दिए ।