
विराटनगर । सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर विराटनगरमा एक जनाको ज्यान गएको छ।
विराटनगर महानगरपालिका-८ मा रहेको कमलदेव यादवद्वारा सञ्चालित सिटी रिक्सा चार्जिङ सेन्टरमा करेन्ट लागेर रंगेली नगरपालिका-६ निवासी ३५ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
बिहीबार दिउँसो सवा ३ बजेतिर सिटी रिक्सा चार्ज गर्ने क्रममा यादवलाई करेन्ट लागेको थियो। करेन्ट लागेलगत्तै उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।