२०८२ जेठ २३, शुक्रवार , ०१:१५:०५ बजे

Sajhamanch
'

‘जन्ते बाख्रो’ आजदेखि देशभर प्रदर्शनमा

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । नेपाली चलचित्र ‘जन्ते बाख्रो’ आजदेखि देशभर एकसाथ प्रदर्शनमा आएको छ । यो चलचित्रले गाउँघरमा हराउँदै गएको ‘जन्ते बाख्रो’ संस्कृतिलाई हास्य र व्यङ्ग्य शैलिमा प्रस्तुत गरेको छ ।

सिमोन सुनुवारले निर्देशन गरेको चलचित्रको निर्माण सन्तोष गौतमले गर्नुभएको छ । प्रदीप भारद्वाजको लेखनमा तयार भएको यस चलचित्रले मौलिक नेपाली परिवेश झल्काउने प्रयास गरेको छ । चलचित्रमा सौगात मल्लको मुख्य भूमिका रहेको छ ।

त्यस्तैगरी, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी र समापिका गौतम लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ पहिले नै दर्शकमाझ लोकप्रिय भइसकेका छन् । हरि हुमागाईंले छायाङ्कन निर्देशन गरेको चलचित्रमा उत्तम हुमागाईंको छायाङ्कन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । चलचित्र मुईन इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

सम्बन्धित खबर