२०८२ जेठ २३, शुक्रवार , १२:०८:५८ बजे

Sajhamanch
'

सप्तरीमा डाँका समूहको प्रतिकार गर्दा एकजनाको ज्यान गयो

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । सप्तरीमा लुटपाट गर्न गएका डाँका समूहको प्रतिकार गर्दा एक जनाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका भएका छन् ।

डाका समूहले चलाएको गोली लागेर सुरुङ्गा नगरपालिका–८ मल्हनवाका कान्तालाल चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कान्तालालका भाइ रामाकान्त घाइते भएक छन् । उनको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ ।

गएराति झन्डै १ बजेको समयमा ४/५ जनाको समूहले चौधरीको घरमा लुटपाट थालेपछि उनीहरुले प्रतिकार गरेका थिए । लुटपाटको प्रतिकार गर्दा धारिलो हतियार प्रहारबाट घाइते भएका चौधरीलाई पछि डाँका समूहले गोली प्रहार गर्दा घटनास्थलमै ज्यान गएको हो ।

उहाँको घरबाट डाँका समूहले पाँच तोला सुन, दुई किलो चाँदी र ६० हजार नगद समेत लुटपाट गरेका गरेका छन् । घटनास्थलबाट प्रहरीले नपड्किएको तीन राउन्ड गोली र एक राउण्ड गोलीको खोका समेत फेला पारेको छ ।

सम्बन्धित खबर