२०८२ जेठ २३, शुक्रवार , ०९:४०:११ बजे

Sajhamanch
'

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल र हङकङबीचको खेल बराबरी

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा घरेलु टोली हङकङसँग गोलरहित बराबरी खेलेको छ । सो कोन पोमा रहेको हङकङ रङ्गशालामा हिजो बेलुका भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो । नेपालले हङकङसँग ३७ वर्षपछि खेलेको हो ।

यसअघि नेपालले सन् १९८८ मा काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेलेको थियो । त्यो खेल पनि बराबरीमा सकिएको थियो । आउँदो मङ्गलवार २०२७ एएफसी एशिया कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा हङकङले भारतसँग खेल्दैछ ।

त्यही दिन नेपालले लाओससँग पनि खेल्ने तालिका छ । यही खेलको तयारीस्वरुप हङकङले मैत्रीपूर्ण खेलमा नेपाललाई बोलाएको हो । छनोटको आफ्नो पहिलो खेलमा समूह ‘सी’ मा रहेको हङकङले सिंगापुरसँग गोलरहित बराबरी खेलेको थियो । नेपाल भने मलेशियासँग २–० ले हारेको थियो ।

फिफा वरीयतामा नेपाल १७५ औं स्थानमा रहँदा हङकङ नेपालभन्दा २२ स्थान माथि १५३ औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर