२०८२ जेठ २३, शुक्रवार , १०:२४:१७ बजे

Sajhamanch
'

शिवसताक्षीमा सूर्तीजन्य बस्तु बिक्री वितरणमा रोक

बिहिवार, जेठ २२, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा सूर्तीजन्य बस्तु बिक्री वितरणमा रोक लगाइएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै धुम्रपान तथा सूर्तीजन्य बस्तुले मानव स्वास्थ्यमा गम्भिर असर पर्ने र हानिकारक भएकाले त्यस्ता पदार्थहरु बिक्री वितरणमा रोक लगाएको जनाएको छ ।

नगरपालिकाले शिक्षण संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय र सार्वजनिक स्थलहरुको १०० मिटर भित्र सूर्तीजन्य बस्तुको बिक्री वितरण र उपभोगमा रोक लगाइएको सूचनामा उल्लेख छ ।

हाल शिवसताक्षी नगर भित्रका शैक्षिक संस्था भएका क्षेत्रहरुमा सूर्तीजन्य बस्तुहरु बिक्री गर्दै आइरहेको भए तुरुन्त हटाउनसमेत सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर