२०८२ जेठ २३, शुक्रवार , ०९:१०:०६ बजे

Sajhamanch
'

शेयर बजार सामान्य घट्यो

बिहिवार, जेठ २२, २०८२

काठमाडौं । हप्ताको अन्तिम कारोबार दिन आज शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ९९ अङ्कले घटेर दुई हजार ६४० दशमलव ९६ विन्दुमा झर्यो । जलविद्युत् र लगानी बाहेक सबै उप–समूह घट्दा सबैभन्दा धेरै उत्पादन र प्रशोधन उपसमूह एक प्रतिशत भन्दा धेरैले घटेको छ ।

आज ओम मेगाश्रीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रबजार बजार घटेको दिन आज रिभर फल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लाग्यो ।

अरू चार वटा कम्पनीको शेयर नौ प्रतिशत भन्दा धेरै बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो पाँच अर्ब १६ करोड रुपैयाँको कारोबार भएकोमा आज सात अर्ब ९७ करोड रुपैयाँ भन्दा धेरैको शेयर किनबेच भयो ।

सम्बन्धित खबर