२०८२ जेठ २३, शुक्रवार , ०३:२१:३८ बजे

Sajhamanch
'

नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक नियुक्त

बिहिवार, जेठ २२, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे नियुक्त भएका छन् ।

प्याट्रिक औपचारिक रूपमा महिला राष्ट्रिय टोलीले पाएको पहिलो विदेशी प्रशिक्षक हुन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाको प्रशिक्षक छनोट समितिले सर्टलिस्टमा रहेका दुई जनाबाट उनको नाम फाइनल गरेको हो ।

६० वर्षीय प्याट्रिकले यसअघि नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करणमा काठमाण्डौ रेजर्सको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

अब उनले उज्बेकिस्तानमा हुने एएफसी महिला एशियन कप २०२६ छनोटअन्तर्गत लाओसविरुद्धको खेलमार्फत प्रशिक्षकको भूमिकामा नेपाली टोलीमा डेब्यु गर्नेछन् ।

प्याट्रिकसँग यसअघि सोमालिया राष्ट्रिय फुटबल टोली, रुवान्डाको टोली,चीनको २३ वर्षमुनिको टोली, अल्जेरियाको टोली र हङ्गेरीको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेको अनुभव छ ।

सम्बन्धित खबर