
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ को एकदिवसीय शृङ्खलामा नेदरल्याण्डलाई हराउँदै लगातार तेस्रो जित हासिल गरेको नेपाली टोलीलाई बधाई दिएका छन् ।
गएराति स्कटल्याण्डमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो । प्रधानमन्त्री ओलीले नेपाली क्रिकेट खेलाडीको फोटो राख्दै लेखेका छन्, ‘फेरि जित, फेरि बधाई ।’
नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा आरिफ शेखले ७८ रन योगदान गरेका थिए ।