२०८२ जेठ २२, बिहिवार , ०३:४१:१० बजे

Sajhamanch
'

पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त

बुधवार, जेठ २१, २०८२

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले घर भत्काएको छ । मंगलबारको अविरल वर्षासँगै घरमाथिबाट पहिरो खस्दा फुनुर्बु शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको हो ।

शेर्पाको ढुंगा, माटो र काठले बनेको दुईतले घर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिरोका कारण मानवीय र पशुचौपायको क्षति भने भएको छैन ।

माथिल्लो क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ । पहिरो पीडित सेदुवास्थित आफन्तको घरमा बसिरहेका छन् । केही दिनअघिको वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकामा हाइड्रोपावर बगाउँदा २५० घरमा विद्य्त् आपूर्ति बन्द भएको छ । बाढीले भोटखोला–३ का दुईवटा हाइड्रोपावर बगाएको थियोे ।

सम्बन्धित खबर