
काठमाडौं । यातायात व्यवसायीहरूले अस्ति र हिजो गरेको सार्वजनिक गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने राइड शेयरिङ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
यात्रुबाट बढी भाडा असुलेको, अफलाइन बार्गेनिङ गरेको तथा यात्रुलाई हैरानी दिने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरीले दुई दिनमा ५४९ जना चालकलाई कारबाही गरेको जनाएको छ । हिजो ३३१ जना र अस्ति २१८ जना चालकलाई कारबाही गरिएको हो ।
यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाउँदा काम विशेषले ठाउँमा पुग्नुपर्नेहरुले पठाओ, इनड्राइभ, याङ्गोजस्ता राइड शेयरिङ प्रयोग गर्न बाध्य भएका थिए ।
आज सार्वजनिक गाडी सञ्चालन भएसँगै काठमाण्डौ उपत्यकासहित देशभरको यातायात सहज भएको छ ।