२०८२ असार १, आइतवार , ०७:५९:१७ बजे

Sajhamanch
'

मनसुन विपद् पूर्वयारी सम्बन्धी चारआलीमा अन्तरक्रिया

बुधवार, जेठ २१, २०८२

झापा । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्ष औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेसँंगै झापा जिल्ला विपद् व्यवस्थापन समितिले विपद् पूर्वतयारी शुरु गरेको छ ।

यसक्रममा चारआलीस्थित नेपाली सेनाको अरिदमन गणमा झापा जिल्लाको विपद् व्यवस्थापनसँग सम्बन्धित सुरक्षा निकाय, स्थानीय सरकार र विभिन्न संघ संस्थाबीच आ–आफ्नो पूर्वतयारी, स्रोत र साधनको बारेमा प्रस्तुतिकरण र कथावस्तुमा आधारित छलफल भएको हो ।

छलफलमा जिल्ला प्रशासन कार्यालय झापा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय तहका विपद् फोकल पर्सन, स्वास्थ्य कार्यालय झापाका अधिकृतहरु, नेपाल रेडक्रस सोसाइटी झापाका प्रतिनिधिहरु, बिर्तामोड उद्योग वाणिज्य संघ, एसएनजेडी संस्था तथा कारितास नेपालका प्रतिनिधिहरुको सहभागिता थियो ।

उक्त कार्यक्रममा सहभागीहरुलाई अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले शाब्दिक स्वागत गरेका थिए । छलफल कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष राजु न्यौपाने र बिर्तामोड नगरपालिकाको तर्फबाट नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बिपद् पूर्वतयारीको बारेमा जानकारी दिएका थिए ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लामा भएका विपद्का सबै क्लस्टरलाई आ–आफ्नो तवरमा तयारी गरी विपद् परेको खण्डमा तुरुन्त परिचालन भई धनजनको क्षति न्यूनीकरण गर्न निर्देशनसमेत दिएका थिए ।

“अभ्यास मनसुन– ५” अन्तर्गत सञ्चालन भएको उक्त कार्यक्रममा आज बुधबार मेचीनगर नगरपालिका वडा नं. १३ र १४ मा अवस्थित निचाझोडा सिमसार क्षेत्रमा बिहान ११ बजे विपद् सम्बन्धी बृहत एकीकृत डेमोस्ट्रेशन गर्ने कार्यक्रम रहेको प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिए ।

सम्बन्धित खबर