२०८२ असार १, आइतवार , ०६:१३:१३ बजे

Sajhamanch
'

‘आयोजना बैंक’मा राख्न जनतासँग योजना संकलन गर्दै मेचीनगर

बुधवार, जेठ २१, २०८२

मेचीनगर । स्थानीय तहको बजेटलाई पारदर्शिता र चुस्त ढंगले प्रविधिमैत्री बनाउने गरी मेचीनगरमा जनतासँग राय र योजना संकलन गर्ने काम भइरहेको छ ।

मेचीनगर नगरपालिकाले आगामी तीन वर्षे मध्यकालिन खर्च समावेश गर्ने गरी नगरबासीसँग योजनाहरु माग्ने र त्यसैलाई डिजिटल प्रणाली मार्फत आयोजना बैंक बनाउन लागि परेको हो ।

उक्त आयोजनाहरु आगामी असार १० गते नीति तथा कार्यक्रममा समावेश गरेर योजना बैंकबाटै पारदर्शिता र चुस्त ढंगले कार्यान्वयन गर्दै जाने उद्देश्य नगरपालिकाको छ ।
सोही विषयलाई लिएर अहिले १५ वटै वडामा वडास्तरीय आयोजना बैंक तर्जुमा गोष्ठी धमाधम भइरहेको छ ।

उपभोक्ता, संघ–संस्था र सबै क्षेत्रबाट आएका सुझाव र योजनाहरुलाई टोल विकास समिति मार्फत वडा कार्यालयले प्रक्रिया पुरा गरेर नगरपालिकाले योजना बैंकमा राख्ने काम गर्छ । त्यसपछि योजनाको प्राथमिकताका आधार छनोट भएका योजनाहरु क्रमशः कार्यान्वयन हुँदै जाने जनाइएको छ ।

यसैबीच नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले पावर छ, बहुमत छ भन्दैमा नीतिगत अर्थात कानूनभन्दा बाहिर गएर सोचेजस्तो नगरपालिका नबन्ने बताएका छन् ।

जनताबाट आएका योजनाहरुलाई आयोजना बैंकमा राखेर प्राथमिकताका आधारमा प्रविधिको प्रणाली मार्फत कार्यान्वयन गरेमा नै शुसासन हुने उनको तर्क छ ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले अस्त व्यस्त नगरपालिकालाई डिजिटल प्रविधिबाट सहज ढंगले मस्त नगरपालिका बनाउन लागि परेको दावी गरेकी छन् ।

प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले अब नगरपालिकाका हरेक सेवाहरु डिजिटल प्रणाली मार्फत हुने भएकोले नगरवासीले चाहिएको सेवा लिन र हेर्न अमेरिका बसेर पनि सम्भव हुने बताए ।

सम्बन्धित खबर