२०८२ जेठ २२, बिहिवार , ०२:४८:१७ बजे

Sajhamanch
'

कमल गाउँपालिकाकामा सात दिवसीय उद्यमशीलता विकास तालिम सम्पन्न

मङ्गलवार, जेठ २०, २०८२

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित उद्यमशीलता विकास तालिम आज सम्पन्न भएको छ ।

पालिका रोजगार सेवा केन्द्रको आयोजनामा सञ्चालित स्वरोजगार प्रबर्धन एवम् उद्यमशीलता विकास कार्यक्रम अन्तरगत सात दिवसीय तालिम औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको लागि पुनः एकीकरण कार्यक्रम रेमी अन्तरगत सञ्चालित दोश्रो चरणको तालिममा गाउँपालिकाका २० जना युवा सहभागी थिए ।

तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले यस्ता तालिमले सहभागीको ज्ञान सिपको विकास गर्नुका साथै व्यवसायीलाई आफ्नो व्यवसाय प्रवर्धन गर्न थप उर्जा प्रदान गर्ने बताए ।

त्यस्तै अहिलेको आर्थिक मन्दीमा व्यवसाय सञ्चालन गर्न समस्या भएको अवस्थामा आफ्नो व्यवसायलाई कसरी सञ्चालन गर्ने भन्नेसमेत तालिम बाट ज्ञान प्रदान गरिएकोले सहभागीहरु लाभान्वित भएको विश्वास व्यक्त गरे ।

सहजकर्ताद्वय दिवेशकुमार चौधरी र आनन्दसिंह खबासले सहजीकरण गरेको सो सात दिवसीय तालिममा वैदेशिक रोजगारीबाट फर्किएका युवाले विदेशमा सिकेको सीप र प्रविधिलाई आफ्नै ठाउँमा प्रयोग गरी कसरी उत्पादन गर्ने र आफू स्वरोजगार हुने भन्ने विषयमा नयाँ कुरा सिकेको बताएका छन् ।