२०८२ जेठ ११, आइतवार , ०२:५६:१५ बजे

Sajhamanch
'

जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु

आइतवार, जेठ ११, २०८२

इलाम । जङ्गली च्याउ खाँदा बिरामी भएका इलाम माङ्सेबुङ ५ का दुई जनाको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा माङ्सेबुङ ५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीय मनिसा चेम्जोङ रहेको इलाम प्रहरीले जनाएको छ । सोही ठाउँका धनराज साङ्बाङ भने गम्भीर घाइते बनेका छन् ।

उनीहरूले जङलबाट संकलन गरेर ल्याएको च्याउ सेवन गरेपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। च्याउ खाएको केही घण्टामै उनीहरूलाई वान्ता, पेट दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएको र तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो ।

यद्यपि दुई जनाको मृत्यु भएको र एक जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर