२०८२ जेठ २२, बिहिवार , ०६:४५:४९ बजे

Sajhamanch
'

संसद बैठकअघि सभामुख घिमिरेले गरे सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल

मङ्गलवार, जेठ २०, २०८२

काठमाडौं । संसद सन्चालनको विषयमा सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।

आजको संसद बैठक सञ्चालन गर्नुअघि सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छुट्टै छलफल गरेका छन् ।

पाण्डेसँगको छलफल लगत्तै घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलासँग पनि छलफल गरेका छन् ।

यी छलफल आजको संसद बैठक सहज रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रित रहेको सभामुखको सचिवालयले जनाएको छ ।

आजको संसद बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटबारे छलफल हुने कार्यसूची छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आजको संसद बैठक अवरुद्ध पार्ने तयारीमा प्रतिपक्षी दलहरु रहेकाले सभामुखले बैठक सञ्चालनको तयारीबारे छलफल गरेका हुन् ।

सम्बन्धित खबर