२०८२ जेठ २२, बिहिवार , ०७:१३:३५ बजे

Sajhamanch
'

काठमाडौं–हेटौँडा जोड्ने कान्तिलोकपथ भोलिदेखि ४ दिन बन्द गरिने

मङ्गलवार, जेठ २०, २०८२

काठमाडौं । काठमाडौं–हेटौँडा जोड्ने सडक कान्तिलोकपथ भोलिदेखि चार दिन पूर्ण रुपमा बन्द गरिने भएको छ ।

कान्तिलोकपथ अन्तर्गत बगुवाको बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर भोलिदेखि २४ गतेसम्म सडक पूर्णरुपमा बन्द हुने जानकारी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेलले निकालेको सूचनमा सडक बन्द हुँदा हेटौँडा–काठमाडौं र काठमाडौं–हेटौँडा चल्ने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

कान्तिलोकपथको वैकल्पिक सडकका रुपमा कुलेखानी–कलङ्की–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।

सम्बन्धित खबर