२०८२ असार ४, बुधवार , ०९:०९:१८ बजे

Sajhamanch
'

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल थाइल्यान्डसँग पराजित

मङ्गलवार, जेठ २०, २०८२

काठमाडौं । अर्को महिना हुने एशियन कप छनोटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग २–० गोलले पराजित भएको छ ।

हिजो बैंककमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने नेपाल सम्हालिन सकेन । थाइल्यान्डले दोस्रो हाफको ५९औं मिनेटमा फ्रिकिकमार्फत अग्रता लिएको थियो ।

झन्डै ३० यार्ड टाढाबाट मोंग्कोल्दीले पहिलो बारतर्फ प्रहार गरेको फ्रिकिकमा नेपालकी कप्तान एन्जिला तुम्बापो सुब्बा बलसम्म पुग्न नसक्दा गोल भएको थियो ।

त्यसपछि ७५ औं मिनेटमा थाइल्याण्डले काउन्टर अट्याकमा गोल थप्यो । यसअघि भएको क्लोज डोर मैत्रीपूर्ण खेलमा नेपाल १–० ले पराजित भएको थियो ।

नेपालले अर्को महिना एएफसी महिला एशियन कपको छनोट खेल्दैछ । उज्वेकिस्तानमा हुने प्रतियोगितामा नेपालले आयोजकसँगै लाओस र श्रीलङ्काको सामना गर्नेछ ।

चार टोली समूहको शीर्षस्थानमा रहने टोलीले सन् २०२६ मा अष्ट्रेलियामा हुने एशियन कपमा स्थान पक्का गर्नेछ ।

सम्बन्धित खबर