
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका छन् ।
लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सहभागी त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि शुरू भएको हो । लिग–२ को दोस्रो खेलमा नेपालले पर्सि बुधवार नेदरल्यान्ड्ससँग खेल्नेछ । यस्तै नेपालले आउँदो आइतवार फेरि स्कटल्यान्डसँग र मङ्गलवार नेदरल्यान्डसँग खेल्ने तालिका छ ।
लिग–२ को तालिकामा नेपाल १२ खेलमा ६ अङ्कसहित पुछारमा छ । यस्तै नेदरल्यान्ड्स दोस्रो र स्कटल्यान्ड चौथो स्थानमा छ । लिग–२ को तालिकामा अमेरिका शीर्ष स्थानमा छ ।
लिग–२ को शीर्ष ४ मा रहने टोली विश्वकपको ग्लोबल छनोटमा सीधै पुग्नेछन् । यस्तै पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने हुन्छ ।