२०८२ जेठ ३१, शनिवार , ०१:१३:४१ बजे

Sajhamanch
'

नेप्से २ हजार ७२६ विन्दु पुगेर फर्कियो, ९ अर्ब २२ करोडको कारोबार

सोमवार, जेठ १९, २०८२

काठमाडौं । हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ६० अङ्कले बढेर २ हजार ६९४ दशमलव ६६ विन्दुमा पुगेको छ । बिहान ११ बजेर ३ मिनेटमा २ हजार ७२६ विन्दुसम्म पुगेको थियो ।

आज बैंक, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूहको शेयर सामान्य घटेकोमा होटल र लगानी समूहको शेयर २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज ओम मेगाश्री फर्मास्युटिकल्स र प्योर इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढको छ । बजार सामान्य बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै साढे ६ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको बुधवार ८ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ३१४ वटा कम्पनीका २ करोड २० लाख कित्ता शेयर ९ अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर