२०८२ जेठ २१, बुधवार , ०६:३२:२३ बजे

Sajhamanch
'

नेपाल र थाइल्यान्डबीचको मैत्रीपूर्ण फुटबल आज

सोमवार, जेठ १९, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज थाइल्यान्डको टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

एएफसी महिला एशियन कप–२०२६ छनोटको तयारीमा रहेको नेपाली टोलीले आज थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । यो खेल थाइल्यान्डको पथुम थानीमा रहेको थम्मासत स्टेडियममा बेलुका पौने ५ बजे शुरू हुनेछ ।

थाइल्यान्ड भ्रमणमा रहेको नेपाली महिला टोलीले गएको शुक्रवार घरेलु टोलीसँग बन्द रङ्गशालामा अभ्यास खेल खेलेको थियो । यो खेलमा नेपाल १–० ले पराजित भएको थियो ।

फिफा वरीयतामा थाइल्यान्ड ४७औं र नेपाल ९९औं स्थानमा छन् । नेपाली टोलीले यही जुन २९ देखि उज्बेकिस्तानमा शुरू हुने महिला एशियन कप छनोटमा भाग लिनेछ ।

नेपाल समूह ‘एफ’ मा रहेको छ । यस समूहमा नेपालसँगै उज्बेकिस्तान, लाओस र श्रीलङ्का रहेका छन् । समूह ‘एफ’ का सबै खेल उज्बेकिस्तानमा हुनेछन् ।

छनोट चरणमा ३४ टिमलाई ८ समूहमा बाँडिएको छ । प्रत्येक समूह विजेताहरूले सन् २०२६ को मार्चमा अस्ट्रेलियामा हुने महिला एशियन कपमा स्थान बनाउनेछन् ।

सम्बन्धित खबर