२०८२ जेठ २१, बुधवार , ०३:०४:२० बजे

Sajhamanch
'

म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिए

सोमवार, जेठ १९, २०८२

काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । क्रिकेट अस्ट्रेलियाले भारत र श्रीलङ्कामा आयोजना हुने सन् २०२६ को टी–२० विश्वकपको तयारीलाई ध्यानमा राख्दै म्याक्सवेलले यो निर्णय लिएका बताएको छ ।

सन् २०२१ देखि २०२५ सम्मको एकदिवसीय करियरमा ३६ वर्षीय अलराउन्डरले १४९ खेलमा ३३ दशमलव ८१ को औसत र १२६ दशमलव ७० को स्ट्राइक रेटमा ४ शतक र २३ अर्धशतकसहित ३ हजार ९९० रन बनाउनुका साथै ७७ विकेट लिएका छन् ।

म्याक्सवेल सन् २०१५ र २०२३ मा अस्ट्रेलियाले एकदिवसीय विश्वकप जित्दा टोलीको महत्त्वपूर्ण हिस्सा थिए । सन् २०२३ को विश्वकपमा अफगानिस्तानसँगको खेलमा बनाएको नटआउट २०१ रन उनको एकदिवसीयमा क्रिकेटकै उत्कृष्ट प्रदर्शन हो ।

सम्बन्धित खबर